|
२०८२ आश्विन १९
काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खु क्षेत्रमा वागमती नदीमा पानीको बहाव तीव्र भएपछि किनारमा बसोबास गर्दै आएका करिब १०० सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
नदीमा पानी पस्न थालेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता, नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार बल्खु कुलेश्वर क्षेत्रमा रहेको तरकारी बजारमा समेत पानी पसेपछि बजार खाली गराइएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्