‘पहिला दुर्लभ थापालाई हराएर देखाउनुस, अनि मसँग भिड्न आउनू’

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका नेता महेश बस्नेतलाई भक्तपुरमा कांग्रेस सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका छन् ।

शुक्रबार भक्तपुरमा पुगेर पार्टीको वडा अधिवेशन उद्घाटन गर्दै उनले महेश बस्नेतलाई यस्तो चुनौती दिएका हुन् ।

बस्नेतले गत भदौ पहिलो साता भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै रुपमा चुनाव जित्ने अभिव्यक्ति दिएका थिए । देउवाले बस्नेतकै गृहनगरमा पुगेर शुक्रबार जवाफ फर्काएका हुन् । ‘बस्नेतजीले मलाई हराउनु पर्दैन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई मात्रै हराए हुन्छ । दुर्लभजीलाई चुनाव हराएर देखाउनुस्,’ देउवाले भने ।

भक्तपुर पुगेर सम्बोधनका क्रममा देउवाले एमाले नेता एवम् संघीय सांसद महेश बस्नेतलाई उनकै निर्वाचन क्षेत्रमा पुगेर निशाना बनाए। उनले सम्बोधनका क्रममा पहिले कांग्रेस नेतालाई हराएर आफूसँग चुनाव लड्न आउन चुनौती देउवाले बस्नेतलाई दिएका छन्।

यही कुरालाई लिएर प्रधानमन्त्री देउवाले बस्नेतलाई पहिले कांग्रेस नेता थापालाई हराएर देखाउन भनेका हुन्। बस्नेतले भक्तपुरमा कांग्रेसको केही नलाग्ने बताउँदै अर्को चुनावमा बीउ जोगिन मुस्किल पर्ने तर्क गरेका थिए।

‘कांग्रेस भक्तपुरमा मात्रै होइन, देशैभर सशक्त रुपमा अघि बढिसकेको छ’, उनले सम्बोधनका क्रममा भने, ‘बस्नेतजीले आगामी चुनावमा पहिले कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापालाई हराएर देखाउनुस्, त्यसपछि मसँग लड्न आउनुहोला।’

आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने जिम्मेवारी आफूहरुलाई रहेको पनि देउवाले बताएका छन् ।

देउवाले महामारी बढ्दो क्रममा रहेकाले आफ्नो स्वास्थ्यलाई समेत ध्यानमा राख्न आग्रह गरेका छन् । ‘मास्क लगाउनुस् । सामाजिक दूरी कायम गर्नुहोस् । कोरोनाको बेला छ, आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर महाधिवेशनमा सहभागी बन्नुस्,’ देउवाले आग्रह गरे ।

उनले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताए । भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको भन्दै बस्नेतलाई खुला रुपमा चुनौति समेत दिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *