आज साँझ मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १९

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्दै आएको बैठक आज भने सिंहदरबारमा बस्न लागेको हो।

बैठक साँझ ६ बजे बस्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। बैठक नियमित भएको र नियमित एजेन्डामै छलफल हुने मन्त्री गुरुङले बताए। झन्डै डेढ वर्षपछि सिंहदरबारमा पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। यसअघि कोभिड-१९ संक्रमण, प्रधानमन्त्री ओली बिरामी भएका कारण मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *