|
२०८२ आश्विन ९
काठमाडौँ — मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीसँग असन्तोष व्यक्त गरेका छन्।
बुधबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै बालेनले प्रदर्शनकारीमाथि गोली चलाउने र आदेश दिनेहरू अझै किन कारबाहीबाहिर छन् भनेर प्रश्न उठाएका थिए।
जवाफमा प्रधानमन्त्री कार्कीले “उन्मुक्ति दिने कुरै छैन” भन्दै कारबाही प्रक्रिया अघि बढ्ने संकेत दिएकी छन्।
सरकारले छानबिनका लागि न्यायिक आयोग गठन गरे पनि आयोगले अझै काम थाल्न सकेको छैन।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्