|
अशोज ५, २०८२
ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई ल्याउने तयारी गरेका छन्। हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन सन्देश पठाइसकिएको छ। शाक्यले राजीनामा नदिए हटाउने वा मन्त्रालयमा झिकाउने तयारी छ।
पूर्व एमडी घिसिङकै कार्यकालमा निकट भएर काम गरेका सिलवाललाई दशैंअघि नै नियुक्त गर्ने सम्भावना छ। प्राधिकरणभित्र पनि यो परिवर्तनको चर्चा व्यापक छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्