|
२०८२ भाद्र २५
काठमाडौं : सर्वोच्च अदालतमा आगजनी भएपछि त्यहाँका महत्वपूर्ण फाइलहरू न्याय परिषद्को कार्यालयमा स्थानान्तरण गर्ने काम तीव्र गतिमा भइरहेको छ। यस कार्यमा अधिवक्ता, सर्वोच्च अदालतका कर्मचारी र बार एसोसिएसनका प्रतिनिधिहरू सक्रिय सहभागिता जनाइरहेका छन्।
‘जेनजी’ समूहको सोमबार र मंगलबारको प्रदर्शनका क्रममा सर्वोच्च अदालतको भवनमा आगजनी हुँदा संरचना साथै त्यहाँ रहेका सामग्रीमा ठूलो क्षति पुगेको थियो। प्रशासनिक तथा कानुनी कार्य प्रभावित नहोस् भन्नका लागि फाइलहरू सुरक्षित स्थानमा सार्ने प्रक्रिया अघि बढाइएको हो।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्