×

झ्याप्लेखोला पहिरोमा परी मृत्यु भएका ३५ जनाकै सनाखत

अशोज १८, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । यही असोज १२ गते धादिङको धुनीबेसी नगरपालिका-९ झ्याप्लेखोलामा सडकमाथिबाट आएको पहिरोमा परी ३ वटा गाडी पुरिएका थिए ।

चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पुरिँदा १३ जनाको मृत्यु भएको थियो । त्यस्तै गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पुरिँदा ८ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार सबै शवको पहिचान भई परिवारलाई बुझाइसकिएको छ ।

झ्याप्लेखोला पहिरोमा परी ज्यान गुमाउनेहरू

१. बुटवल उपमहानगरपालिका–१६ का ३५ वर्षीय प्रकाश कुँवर

२. बुटवल उपमहानगरपालिका–१६ का ३३ वर्षीय अनुप तल ठकुरी कुँवर

३. बुटवल उपमहानगरपालिका–१६ की २९ वर्षीया सिर्जना कुँवर

४. रुपन्देहीको देवदह नगरपालिका–४ का ५० वर्षीय रमेश प्रसाद लुइँटेल

५. अर्घाखाँची शीतगंगा नगरपालिका–७ २५ का बोमबहादुर खाम्चा

६. धादिङ धुनिवेशी नगरपालिका–९ का ३३ वर्षीय सुमन बजगाईं

७. स्याङ्जा गल्याङ नगरपालिका–३ की ४५ वर्षीया सीता भट्टराई

८. स्याङ्जा गल्याङ नगरपालिका–३ की १४ वर्षीया दीपिका भट्टराई

९. स्याङ्जा गल्याङ नगरपालिका–३ का १४ वर्षीय दिपेश भट्टराई

१०. गुल्मी दरबार गाउँपालिका–७ का ३२ वर्षका जुद्धबहादुर रायमाझी

११. गुल्मी दरबार गाउँपालिका–७ कफ ३१ वर्षीया प्रमिता भुषाल

१२. गुल्मी दरबार गाउँपालिका–७ का २ वर्षका कृशव रायमाझी

१३. नुवाकोट सामरी–५ का २१ वर्षीय साइमन तामाङ

१४. पर्वत कुश्मा नगरपालिका–२ का ३१ वर्षीया पुष्पा शर्मा

१५. गोरखा बारपाक सुलिकोट–७ का २८ वर्षीय नवराज पन्त

१६. रुकुम पश्चिम मुसिकोट–१५ का ३९ वर्षीय तेजबहादुर विष्ट

१७. गोरखा गण्डकी गाउँपालिका–४ का ४० वर्षीय नवराज तिवारी

१८. बझाङ जयपृथ्वी नगरपालिका–१ का २३ वर्षीय नवीन सिंह

१९. चितवन भरतपुर नगरपालिका–२१ की २१ वर्षीय अनिता थापामगर

२०. मकवानपुर मनहरी–९ का ३३ वर्षीय सन्तु विक

२१. काठमाडौं महानगरपालिका–१६ का ४८ वर्षीय आनन्द राजवंशी

२२. चितवन खैरहनी नगरपालिका–३ का १९ वर्षीय सिद्धार्थ गुरुङ

२३. तनहुँ भानु नगरपालिका–३ का २६ वर्षीय जनक कुँवर

२४. चितवन भरतपुर–९ का ५३ वर्षीय मोहनदास आचार्य

२५. चन्द्रागिरी नगरपालिका–१ का ५६ वर्षीय नरेन्द्र खत्री

२६. गोरखा भीमसेन गाउँपालिका–४ का ४७ वर्षीय मदन परियार दमै

२७. गोरखा भीमसेन गाउँपालिका–४ का १५ वर्षीय विनायक भट्टराई

२८. गोरखा धार्चे गाउँपालिका–७ का २७ वर्षीय सुके दमै

२९. बागलुङ बडिगाड गाउँपालिका–२ का ५२ वर्षीय इन्द्रजित राना

३०. बागलुङ बडिगाड गाउँपालिका–२ की ४० वर्षीया भिमकुमारी राना

३१. जुम्ला सिजा गाउँपालिका–६ का ३९ वर्षीय हरिबहादुर बुढा

३२. धादिङ ज्वालामुखी गाउँपालिका–२ की २६ वर्षीया लिलामाया तामाङ

३३. सर्लाही चक्रघट्ट गाउँपालिका–६ का १७ वर्षीय वसन्त शाह

३४. सप्तरी सप्तकोशी नगरपालिका–७ का २८ वर्षीय नन्दप्रसाद किशोर चौधरी

३५. तनहुँ ब्यास नगरपालिका–५ बस्ने ३४ वर्षका लेखनाथ ओझा

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: