नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आईतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।
बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय पनि गरेको जानकारी दिए ।
‘चैत्र ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भन्नुभएको छ, उहाँको नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । त्यही किसिमको निर्देशन कार्यसम्पादन समितिले संसदीय दललाई गर्नेछ । उनले भने, संविधानको रक्षा, संवर्द्धन, बृहत्तर देशको विकास, समृद्धि र स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित हामी सरकारमा सहभागी हुँदैछौँ । नेपाली कांग्रेस पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया