×

अमेरिकामा २ बैंक डुब्दा विश्वभर हलचल, शेयर बजारमा उच्च गिरावट

फाल्गुन ३०, २०७९ | दाक्सु मिडिया

अमेरिकामा दुईवटा बैंक बन्द भएपछि विश्वभर बैंकको शेयरमा उच्च गिरावट आएको छ । राष्ट्रपति जो बाइडनको अश्वासन पाए पनि बैंकको शेयर बजार सम्हालिन सकेन ।

अमेरिकी राष्ट्रपति जो बाइडनले वित्त प्रणाली सुरक्षित भएको र त्यसलाई सम्हाल्ने आश्वासन दिएका थिए । तर पनि विश्वका बैंकको शेयर बजार सोमबारमा उच्च गिरावट देखियो ।

अमेरिकी ऋणदाता सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक बन्द भइसकेका छन् । अमेरिकी नियामक अधिकारीले बचतकर्ताको निक्षेप सुरक्षित राख्न हस्तक्षेप गरेका छन् । राष्ट्रपति बाइडेनले बैंकिङ प्रणालीलाई बचाउन जे पनि गर्न सक्ने बचन भने दिएका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: