मंगलबार सेयर बजारमा उच्च गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र १२

काठमाण्डौँ । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.०५ अंक (२.१९ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २५८२ अंकमा कायम भएको छ ।

बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो । जम्मा ४ कम्पनीको मूल्य बढ्दा २ सय ४० को घट्यो ।

यस दिन सबै सेक्टर घटे । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशत घटेको छ । यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *