राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न रास्वपाले बोलायो बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १४

राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न सोमबार बैठक बस्न लागेको रास्वपा नेता दीपक बोहराले सेतोपाटीलाई बताए।

‘अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर निर्णय लिइएको छैन। दुबैतिर छलफल चलिरहेको छ,’ उनले भने,’राष्ट्रपति निर्वाचन र पार्टीको आगामी योजनाबारे छलफल गर्न सोमबार बैठक बस्दैछ।’

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।  

कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताएका थिए।

राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने सहमति गर्न शुक्रबार बसेको ८ दलको बैठकमा रास्वपालाई बोलाइएको थिएन।

रास्वपालाई कांग्रेस, माओवादीसहित ८ दलको बैठकमा नबोलाइएकाले उसले एमालेलाई समर्थन गर्नसक्ने रास्वपाका अर्का एक नेताले बताए।

‘अहिलेसम्मको घटनाक्रम हेर्दा एमाले उम्मेदवारलाई समर्थन हुन्छ होला। तर अहिले नै यसै भन्न सकिँदैन। पार्टीले जुन निर्णय पनि गर्न सक्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *