बाढीपछि संक्रामक रोगको जोखिम, ८१ जनामा झाडापखाला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

काठमाडौं । रसुवा बाढीपछि प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ । पछिल्लो तीन सातामा विभिन्न होल्डिङ सेन्टरमा ८१ जनामा झाडापखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अस्थायी आवासमा खानेपानी, सरसफाइ र शौचालयको अभाव तथा भिडभाडका कारण संक्रमणको जोखिम बढेको मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले बताए ।

विज्ञहरूले बाढीपछि दूषित पानी र खानाका कारण झाडापखाला, हैजा, टाइफाइड, लेप्टोस्पाइरोसिसलगायत रोगको जोखिम बढ्ने बताएका छन् । मन्त्रालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र औषधि परिचालन गर्दै निगरानी तथा रोकथामका उपाय अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *