निद्रा लाग्दैन भने औषधि खाने होइन, जीवनशैली बदल्नुस्

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २४

काठमाडौँ । एक अनुसन्धानअनुसार, एक तिहाइ अमेरिकी वयस्कहरूले राति न्यूनतम सात घण्टा पनि निद्रा लिन सकिरहेका छैनन् ।
विश्वभर अनिद्रा र कम निद्राको समस्या बढ्दै गएको छ। राम्रो निद्राका लागि मानिसहरू सप्लिमेन्ट र औषधिमा बढी निर्भर हुन थालेका छन् । तर विशेषज्ञहरूले दैनिक रूपमा निद्राका चक्की वा सप्लिमेन्टमा भर पर्नु उचित नभएको चेतावनी दिएका छन् ।

न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीअनुसार, अमेरिकी स्वास्थ्य एजेन्सी सीडीसीको नयाँ रिपोर्टअनुसार, हरेक आठमध्ये एक अमेरिकी वयस्क सुत्न वा निद्रा पूरा गर्नका लागि कुनै सप्लिमेन्ट वा औषधिको प्रयोग गर्छन् ।

त्यस्तै अर्को एउटा रिपोर्टले एक तिहाइ अमेरिकी वयस्कहरू राति न्यूनतम सात घण्टाको निद्रा पनि लिन नसक्ने देखाएको छ। धेरै मानिसहरू मेलाटोनिन र म्याग्नेसियम जस्ता सप्लिमेन्टलाई जादुई उपाय मान्छन्, जबकि उनीहरूले आफ्नो निद्रा बिग्रनुको वास्तविक कारणहरूको जाँच गराउनुपर्छ।

म्याग्नेसियमले निद्रा सुधार्ने प्रमाणहरू सीमित छन् । यद्यपि, मांसपेशी तन्किने वा खुट्टा बाउँडिने (ऐँठन हुने) समस्या भएका मानिसहरूलाई यसले केही मद्दत गर्न सक्छ।

विशेषज्ञहरूका अनुसार, सप्लिमेन्टप्रतिको निर्भरताले धेरै पटक वास्तविक रोग वा समस्यालाई लुकाइदिन्छ । तनाव, राति अबेरसम्म स्क्रिन हेर्नु, अनियमित दिनचर्या र कामको दबाब पनि निद्रा बिग्रनुका ठूला कारणहरू हुन् ।

राम्रो निद्राका लागि औषधि खानुभन्दा पहिले आधारभूत बानीहरूमा ध्यान दिनुपर्छ । हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने, बिहान घाम ताप्ने, नियमित व्यायाम गर्ने, सुत्नुअघि स्क्रिनबाट टाढा रहने र सुत्ने कोठा (बेडरुम) लाई अँध्यारो तथा चिसो राख्न डाक्टरहरूको सुझाव छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *