आजको राशिफल

DaksuMedia दाक्सु मिडिया
|
भदौ १८, २०८२

मेष(Aries)चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दैनिकी राम्रैसित बित्नेछ । प्रायः सबै कुराहरु आफ्नै अनुकूलतामा सम्पन्न हुनेछन् । बेलुकीतिर कुनै कुराले टाउको दुखाउला ।

वृष(Taurus)इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सहज अवस्था विचारेर आफूलाई प्रस्तुत गरिनेछ । क्रमशः सबै कुराहरू मिल्दै जानेछन् । व्यक्तिगत खुसीका लागि केही किनमेल हुन सक्छ ।

मिथुन(Gemini)का, कि, कु, घ, ङ, छ, के, को, ह

समयानुसार आफूलाई सहज बनाउँदै गइनेछ । मनमा आँट र जाँगर बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकृष्ट हुन सक्छ ।

कर्कट(Cancer)हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफैंले आफ्नो सहजतातर्फ विचार्नुपर्नेछ । दिन ठिकठाक नै रहनेछ । बेलुकीपखको समयमा कुनै कुराले मनमा सन्तोष दिलाउला ।

सिंह(Leo)मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मित्रवर्गसित रमाइलो भेटघाट हुन सक्छ । कसैकसैलाई निम्तालु बनी कतै जानुपर्ला । कुनै कुराको आकस्मिक लाभ हुन सक्छ ।

कन्या(Virgo)टो, प, पि, पु, ष, ण, ठ, पे, पो

विविध कुराले व्यस्त बनाए पनि मन खुसी नै रहला । एकपछि अर्को गर्दै काम सक्दै गइनेछ । आफ्नो विश्वसनीयतामा अडिग रही आफूलाई अघि बढाइनेछ ।

तुला(Libra)र, रि, रु, रे, रो, ता, ति, तु, ते

दिनभरि कुनै कामले झुलाउन सक्छ । बेलुकातिर कुनै कुराले मनमा उत्साह जगाउला । सकारात्मक सोचले अघि बढ्दा मन शान्त रहला ।

वृश्चिक(Scorpio)तो, ना, नि, नु, ने, नो, या, यि, यु

कतैबाट काममा तगारो हाल्ने प्रयास हुन सक्छ । प्रतिस्पर्धीबाट तर्किंदै काम गर्नुपर्ने बेला छ । समयसापेक्ष रहँदै आफ्नै काममा भुल्नु मुनासिब रहला ।

धनु(Sagittarius)ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कतैको निमन्त्रणाले मन खुसी हुनेछ । समयानुसारका क्रियाकलापमा रम्न खोजिनेछ । कुनै कामको सम्पन्नताले मन ढुक्क रहला ।

मकर(Capricorn)भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आर्थिक क्रियाकलापका काममा संलग्नता जनाउनुपर्ला । कुनै नयाँ काम गर्ने मौका मिल्न सक्छ । कामविशेषले कतै जानुपर्ने हुन सक्छ ।

कुम्भ(Aquarius)गु, गे, गो, सा, सि, सु, से, सो, द

सकारात्मक सोचले काममा सहजता होला । झिनामसिना कुराबाट तर्किन सके टाउको दुखाइबाट बचिएला । आफैंले आफ्नो मनोभाव बुझी काम गर्नुपर्ने बेला छ ।

मीन(Pisces)दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कसैको क्रियाकलाप चित्त नबुझ्दा अचम्म लाग्न सक्छ । कम बोलीमै आफ्नो मत अभिव्यक्त गर्नुपर्ला । समयावस्था विचारी तटस्थ रहनु नै बेस होला ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *