अमेरिकामा टेस्लाले बढायो मोडल वाई कारको मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३

काठमाडौं । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले अमेरिकामा मोडल वाई कारको मूल्य बढाएको छ । कम्पनीले दुई वर्षपछि पहिलो पटक यो मोडलको मूल्य बढाएको हो ।

कम्पनीको वेबसाइटअनुसार नयाँ मूल्य शनिबारदेखि लागू गरिएको हो । कम्पनीले मोडल वाई प्रिमियर अल– ह्विल ड्राभइको मूल्यको मूल्य १ हजार डलर बढाएर ४९,९९० डलर पुर्‍याएको छ । त्यस्तै मोडल वाई प्रिमियम रियर– ह्विल ड्राइभको मूल्य पनि १ हजार डलरले वृद्धि गर्दै ४५ हजार ९९० डलरमा पुर्‍याइएको छ ।

यसैगरी कम्पनीले मोडल वाई पफर्मेन्स संस्करणको मूल्य ५०० डलर बढाएर ५७ हजार ९९० डलर बनाइएको कम्पनीको वेबसाइटमा उल्लेख छ । गत वर्ष अगस्टमा पनि टेस्लाले कमजोर बिक्री र विभिन्न रिकल समस्याबीच आफ्नो सबैभन्दा महँगो टेस्ला साइबरट्रको मोडलको मूल्य अमेरिकामा १५ हजार डलरले बढाएको थियो ।

हालको मूल्यवृद्धिको कारणबारे कम्पनीले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यसअघि सन् २०२४ मा टेस्लाले सबै मोडल वाईका सबै गाडीहरूको मूल्य १ हजार डलरले बढाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *