ग्रिनल्याण्डबारे ट्रम्प यू-टर्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ८

काठमाण्डौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोसँगको वार्तापछि अमेरिकाले ग्रीनल्याण्डमा सम्भावित सम्झौताको खोजी गरिरहेको बताएका छन् । ग्रीनल्याण्ड प्राप्त गर्ने अमेरिकी योजनाको विरोध गर्ने युरोपेली देशहरूमा कर लगाउने योजना पनि त्यागेका छन् ।

आफ्नो सामाजिक सञ्जालमा ट्रम्पले नेटो प्रमुखसँगको बैठकपछि ग्रीनल्याण्ड र आर्कटिक क्षेत्रको सम्भावित सम्झौताका लागि ढाँचा स्थापित भएको बताए । उनले थप विवरण भने बताएनन् ।

नेटोले पनि बैठकलाई अत्यन्तै उत्पादक भनेर वर्णन गरेको छ । नेटोले ट्रम्पले उल्लेख गरेको ढाँचामा छलफल आर्कटिक क्षेत्रको सुरक्षा सुनिश्चित गर्नमा केन्द्रित हुने बताएको छ ।

यसअघि ट्रम्पले विश्व आर्थिक मञ्चबाट ग्रिनल्याण्डमा अमेरिकी नियन्त्रण स्थापित गर्न सैन्य बल प्रयोग नगर्ने तर यस क्षेत्रको स्वामित्व सुनिश्चित गर्न वार्ता चाहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *