दक्षिण कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीद्धारा ड्रम डुएट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाण्डौँ । जापानकी प्रधानमन्त्री सानाए ताकाइची र दक्षिण कोरियाका राष्ट्रपति ली जेए मेयुङबिचको ड्रम डुएट इन्टरनेटमा भाइरल बन्यो । यो आफैंमा अभूतपूर्व दृश्य हो ।

भिडियोमा ली र ताकाइची दुवैले ‘म्याचिङ’ निलो ज्याकेट लगाएका छन् । दुवैले बीटीएसको डाइनामाइट र दुई गोल्डेन ग्लोब अवार्ड हात पारेको के–पप डेमन हन्टर्सको गीतको बिट्समा ड्रम्प बजाएका थिए ।

ताकाइची कुनै समय हेभी मेटल ब्याडकी ड्रमर थिइन् । यो डुएटसँगै लीको औपचारिक जापान भ्रमण सकिएको थियो । अप्रिय इतिहास भएको तर सुरक्षा साँठगाठ समेत जापान लगायत क्षेत्रीय शक्तिहरूप्रति यो लीको कूटनीतिक पहलको एक हिस्सा हो ।

मंगलबारको ड्रमिङ सेसनको भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । भिडियो हेरेर धेरैले लीलाई ‘अलिक अनाडी’ भनेका छन् । ताकाचीको गृहनगर नाराको भ्रमणको क्रममा लीले जापानी प्रधानमन्त्रीलाई ड्रम सेट उपहार दिएका थिए ।

डुएटपछि दुवै नेताले आ–आफ्नो हस्ताक्षर भएको ड्रमस्टिकहरू साटेका थिए । गत वर्ष एपेकको सम्मेलनमा भेट हुँदा लीले ड्रम बजाउनु आफ्नो सपना भएको बताएका थिए । अन्त्यमा उनलाई सरप्राइज दिन डुएट राखेको ताकाचीले माइक्रोब्लगिङ साइट एक्समा एउटा पोस्टमा लेखेकी छन् । डुएट भिडियोले सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *