ट्रम्प ओभल अफिसमा निदाएका हुन् ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाण्डौँ । ओभल अफिसमा एउटा घोषणा कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँखा चिम्म गरेर बसेको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । यी तस्बिरहरूलाई लिएर विपक्षीहरूले ट्रम्पको कार्य प्रदर्शनमाथि प्रश्न उठाइरहेका छन् ।

बिहीबार ट्रम्प तौल घटाउने चर्चित औषधिहरूको मूल्य घटाउने घोषणामा सहभागी थिए । यस क्रममा उनी अन्य अधिकारीहरूसँगै रिजोल्युट डेस्कमा बसेर पछाडिबाट बोल्दै थिए ।

बेला बेलामा ट्रम्प आँखा चिम्म गरेर बसेका थिए । अनि फेरि कति बेला कति बेला उनलाई आँखा खुला राखिराख्न नै सकस भएजस्तो पनि देखिन्थ्यो । यस क्रममा उनले धेरै पटक आफ्नो आँखा मिचेका पनि थिए ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमको प्रेस कार्यालयले ‘डोजी डन फिर्ता आयो’ भन्ने क्याप्सनमा कार्यक्रमका केही तस्बिरहरू पोस्ट गरेको छ ।

कार्यक्रममा ट्रम्प निदाइरहेको चर्चा चुलिइरहँदा ह्वाइट हाउसका प्रवक्ता टेलर रोजर्सले सीएनएनलाई दिएको एक विज्ञप्तिमा ‘राष्ट्रपति निदाइरहेका थिएनन्, वास्तवमा घोषणाभरि नै उनी बोलिरहे र प्रेसबाट आएका धेरै प्रश्नहरूको जवाफ पनि दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *