काठमाडौँ । भारतको बिहार राज्यको पटनास्थित मोकामा क्षेत्रमा बिहीबार जनसुराज पार्टीका कार्यकर्ता दुलारचन्द यादवको हत्या भएपछि राजनीतिक माहोल तनावग्रस्त बनेको छ। यादव पहिले लालुप्रसाद यादव र नितिशकुमार दुबैसँग निकट रहेका प्रभावशाली व्यक्ति हुन्।
प्रशासनका अनुसार दुई पक्षबीच झडपका क्रममा उनी मारिएका हुन्। तर जनसुराजका उम्मेदवार पियुष प्रियदर्शीले जेडीयू उम्मेदवार अनन्त सिंहमाथि प्रत्यक्ष संलग्नताको आरोप लगाएका छन्। अनन्त सिंहले भने आरोप अस्वीकार गर्दै यो विपक्षीको षड्यन्त्र भएको दाबी गरेका छन्।
घटनापछि आरजेडी नेता तेजस्वी यादवले एनडीए उम्मेदवारहरूलाई ‘सत्ता संरक्षित गुण्डा’ भन्दै आलोचना गरेका छन्।
बिहार विधानसभा निर्वाचन दुई चरणमा हुँदैछ — पहिलो चरण नोभेम्बर ६ र दोस्रो चरण नोभेम्बर ११ मा, मतगणना नोभेम्बर १४ मा हुनेछ।
यो निर्वाचनमा महागठबन्धन (आरजेडी–कांग्रेस–वामदलहरू) र एनडिए (भाजपा–जेडीयू) बीच प्रत्यक्ष प्रतिस्पर्धा रहनेछ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्