युक्रेन रुस युद्द : एक साताभित्र १० लाख मानिस विस्थापित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १९

वासिङटन डिसी : युक्रेनमा रुसले आक्रमण गरेपछि त्यहाँबाट करिब १० लाख मानिस पलायन भएका छन्। संयुक्त राष्ट्रका अनुसार हमलाको रुसी हमलाको कारण अहिलेसम्म १० लाख मानिस युक्रेनबाट छिमेकी मुलुकमा पलायन हुन बाध्य भएका हुन्। 

यी मानिस रुसले खुला रुपमा नै युक्रेनमा हमला गरेपछि पछिल्लो सात दिनभित्र पलायन भएका हुन्। रुसले अघिल्लो आइतबार युक्रेनमा हमला गरेको थियो।

रुस युक्रेन युद्धबाट निस्कने शरणार्थी समस्या सन् २०१५ मा युरोपमा भएको शरणार्थी संकटभन्दा ठूलो हुन सक्ने बीबीसी समाचारमा उल्लेख छ। त्यस समय सिरिया, इराकजस्ता युद्धग्रस्त देशबाट ठूलो संख्यामा मानिसहरु शरण लिन युरोपेलीतिर लागेका थिए ।

युरोपमा सन् २०१५ मा १३ लाख मानिस विस्थापित हुनुपरेको थियो। युक्रेनमा एक साताभित्रै यो संख्या नाघेको छ। 

यस युद्धका कारण मुलुकमा नै करिब १२ करोड मानिसको आन्तरिक विस्थापन अर्थात् एक ठाउँबाट अर्को ठाउँमा विस्थापन हुने आशंका राष्ट्रसंघले व्यक्त गरेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *