युक्रेनमा रहेका भारतीय नागरिक फर्काउन इन्डियाले विमान पठायो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १०

नयाँ दिल्ली : युक्रेनमा रहेका भारतीय नागरिक फर्काउन एयर इन्डियाको विशेष विमान युक्रेन गएको छ । उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै फिर्ता लिन विमान गएको हो।

एयर इन्डियाले युक्रेनबाट भारत आउने नागरिकले एयर इन्डियाको बुकिङ अफिस, वेबसाइट, कल सेन्टर वा आधिकारिक ट्राभल एजेन्टहरू मार्फत बुक गर्न सक्ने उल्लेख गरेको छ।

एयर इन्डियाले भारत र युक्रेन बीच तीनवटा विमान सञ्चालन गर्नेछ। आज भारतीय नागरिक  लिन एउटा विमान उडेको छ । अर्को दोस्रो विमान २४ फेब्रुअरी र तेस्रो विमान २६ फेब्रुअरीमा उड्नेछ ।

आज गएको विमान विशेष सेवाहरूमा प्रयोग हुने ड्रीमलाइनर बी-७८७ विमान हो। यो विमानमा २०० भन्दा बढी सिट छ। विमान आज राति युक्रेनबाट दिल्ली एयरपोर्ट फर्किनेछ।

रुसी राष्ट्रपति पुटिनले रुसी सेनालाई लुहान्स्क र डोनेस्कमा शान्ति कायम राख्न भनेका छन्। राष्ट्रपति पुटिनले युक्रेनका दुई अलगाववादी क्षेत्र डोनेस्क र लुहान्स्कलाई मान्यता स्वतन्त्र क्षेत्रको मान्यका दिएका छन् । यो आदेशपछि युद्धको डर झनै बढेको छ । यस्तो अवस्थामा सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *