वासिङ्टन डिसीः अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि रोक लगाएको छ। ठूला कम्पनीका कर्मचारीहरुले खोप र मास्क अनिवार्य लगाउनुपर्ने र हरेक हप्ता कोरोना परीक्षण गर्नुपर्ने बाइडेनको नीतिलाई सर्वोच्च अदातले रोक लगाएको हो।
कम्तीमा १ सय कर्मचारी कार्यरत कम्पनीमा खोप नीति लागू हुने बताइएको थियो। जसमा करिब ८ लाख ४० मानिसमा सो नीति लागू हुने अनुमान गरिएको थियो। कोभिड-१९ महामारीविरुद्धको लडाइँमा सो खोप नीतिले सघाउ पुग्ने बाइडेन प्रशासनले जनाउँदै आएको छ। सर्वसाधारण नागरिकको जीवन रक्षाका निम्ती आफूले ल्याएको नीतिलाई सर्वोच्च अदालतले रोक लगाउँदा आफू निरास बनेको राष्ट्रपति बाइडेनले बताएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशहरुले सो खोप नीति बाइडेन प्रशासनको अधिकारभन्दा बाहिर रहेको भन्दै रोक लगाएका हुन्। यद्यपि, सरकारी कोषबाट चलेका स्वास्थ्य केन्द्रहरुमा कार्यरत कर्मचारीले खोप लगाउनुपर्ने बाइडेनको नीतिलाई भने न्यायाधीशहरुले मान्यता दिएका छन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्