असोज तेस्रो सातादेखि संसद्को बजेट अधिवेशन अन्त्य गर्ने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३०

काठमाडौं । सरकारले संघीय संसद्को दोस्रो अर्थात् बजेट अधिवेशन असोज तेस्रो सातादेखि अन्त्य गर्ने तयारी गरेको छ।

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको भदौ २६ गतेको बैठकमा अधिवेशन अन्त्यबारे छलफल भए पनि मिति भने तय भइसकेको छैन।

प्रतिनिधि सभाले असोज १५ गतेसम्मको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ। त्यसपछि थप एक–दुई बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी रहेको संसद् सचिवालय स्रोतले जनाएको छ।

अधिवेशन अन्त्यपछि अर्को अधिवेशन पुसमा बोलाउने र बाँकी विधेयकहरू अघि बढाउने तयारी छ। चालू अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *