‘रामायण’ का रावणको निधन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २०

एजेन्सी । भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित हुने पौराणिक कार्यक्रम ‘रामायण’ मा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको गए राति निधन भएको छ ।

सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक ‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको हो । उनको उमेर ८३ वर्ष थियो ।

हिजो मङ्गलवार राति ११ बजे आफ्नो घरमा उनको ज्यान गएको बीबीसी लेखेको छ । उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए ।

ुरामायणु मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक ुविक्रम और बेतालु मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए ।

यही वर्षको मे महिनामा पनि उनको मृत्युलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो । त्यस समय ुरामायणु मा लक्ष्मणको भूमिका निभाउने सुनील लहरीले त्यो अफवाहलाई खारेज गर्दै अरविन्द त्रिवेदी जीवित रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *