ह्याकरको बिगबिगि : ५० कराेड फेसबुक प्रयोगकर्ताको फोन नम्बर वेबसाइटमा

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २३

एजेन्सी – पछिल्लो समय विकसित भएका प्रविधिप्रति सजग रहनु पर्ने अवस्था आएकोे छ ।

आधा अर्ब फेसबुक प्रयोगकर्ताको फोन नम्बरसहितको व्यक्तिगत सुचना ह्याकरले प्रयोग गर्ने वेबसाइटमा पोस्ट भएको साइबर सेक्युरेटी एक्स्पर्टहरुले बताएका छन्। यसरी धेरै निजी जानकारी पोस्ट भएकोमा अमेरिकी प्रयोगकर्ता रहेको उल्लेख गरिएको छ।

जसमा ३ करोड २० लाख अमेरकी प्रयोगकर्ता एक करोड १० लाख बेलायती प्रयोगकर्ता र ६० लाख भारतीय प्रयोगकर्ताहरु परेको साइबर एक्सपर्ट एलान गलले जनाएको सिएनएनले उल्लेख गरेको छ।

पोस्ट भएका व्यक्तिगत सूचनाहरुमा पुरा नाम, लोकेसन, जन्ममिति, इमेल ठेगाना, रिलेसनसिप स्ट्याटसहरु परेको बताइएको छ। तर फेसबुकले भने सन् २०१९ बाट प्रयोगकर्ताको फोन नम्बर हेर्न नमिल्ने गरी प्राविधिक सुधार गरिसकिएको दाबी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *