एभरेष्ट बैंकको नाफा ५ अर्ब ७ करोड, लाभांश क्षमता ३८.३२ रुपैयाँ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २०

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७५ प्रतिशत (२३ करोड रुपैयाँ) बढी हो।

बैंकको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कुल सञ्चित नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जसका आधारमा प्रतिसेयर ३८ रुपैयाँ ३२ पैसा लाभांश वितरण गर्ने क्षमता बनेको छ। यद्यपि चुक्ता पुँजी बढेका कारण प्रतिसेयर आम्दानी (ईपीएस) ३७.३९ रुपैयाँबाट घटेर ३६.९५ रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकले ९ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने कर्जा लगानी बढेर २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा (एनपीएल) सामान्य बढेर ०.४९ प्रतिशत पुगे पनि बैंकको वित्तीय अवस्था सन्तोषजनक रहेको विवरणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *