×

आज (७ असार, २०७८) को राशिफल

असार ७, २०७८ | दाक्सु मिडिया

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाइनेछ ।

  • वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ

  • मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सभा समारोहमा सरिक भइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला।

  • कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ । धार्मिक यात्राको योग पनि छ ।

  • सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धार्मिक तीर्थस्थलको यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सुन्दर शेयर बजारबाट पनि लाभ मिल्नेछ ।

  • कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भावबढ्नेछ ।

  • तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज कष्टकर यात्रा गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ ।

  • वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

  • धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

  • मकर (भो,जा,जि,जु,जे,जो,ख,खि, खु, खे, खो, गा, गि)

आत्मिक सन्तुष्टि मिल्नेछ । लगनशीलताले संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोगकामहरू अगाडि बढ्नेछन् । वित्तिय ।

  • कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम अन्तिममा बिग्रिने र झमेला आउन सक्छ । आर्थिक समस्या पनि खेप्नु पर्नेछ ।

  • मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज शुभकार्यको चर्चा चल्नेछ । समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: