×

आँखा किन सुख्खा हुन्छ ? जानी राख्नुहोस यस्तो उपचार

साउन १, २०८१ | दाक्सु मिडिया

काठमाडाैं : मानिसको सबै भन्दा महत्तोपूर्ण अंग नै आँखा हो। हालको समयमा मानिसहरुमा कुनै न कुनै आँखाको समस्या छ । आँखाको दृष्टि नै गुमाउनु प¥यो भने ? सामान्य अवस्थामा भएकाले यस्तो कल्पना पनि गर्न सक्दैनन् । जबकी आँखामा के कारणले क्षति पुग्छ, कसरी यसको दृष्टि सुरक्षित राख्ने भनेर खासै सरोकार राखेको पनि पाइदैन।

कम्प्युटर, ल्यापटप, मोवाइलको स्किनमा धेरै समय हेरिन्छ । यसको सोझो प्रभाव आँखामा पर्छ । यस्ता आधुनिक उपकरणको बढ्दो प्रयोगले आँखाको ज्योति नष्ट गरिरहेको छ । वायु प्रदूषणले पनि आँखामा क्षति पुर्‍याउँछ ।

यावत् कारणले धेरैको आँखा कमजोर हुँदैछ । खासगरी आँखा सुख्खा हुने समस्या आम रुपमा बढ्दै गएको पाइन्छ । यसरी आँखा सुख्खा हुनुलाई ‘ड्राई आई सिन्ड्रोम’ भनिन्छ । आँखा सुख्खा भएमा आँखाबाट आशुको उत्पादन कम हुने तथा आँखाबाट आशु बग्न कम हुने गर्दछ ।

आँसुको झिल्ली लिपिडको तह, पानीको तह र चिप्लो पदार्थको तह, म्युकस मिलेर बनेको हुन्छ। यी तीन तहको सम्मिश्रणले आँखाको सतहलाई सफा र चिप्लो बनाइराख्छ।
यीमध्ये कुनै एक तहमा आएको गडबडीले आँखामा सुक्खापनको समस्या निम्तिन सक्छ। यस्तो समस्या हुनुका विभिन्न कारण हुन सक्छन्। अटो इम्यून रोग, केही किसिमका औषधिको प्रयोग, कन्ट्याक्ट लेन्सको प्रयोग र होर्मोनमा आएको गडबडी त्यस्तै केही कारण हुन्।

कसरी थाहा पाउने ?

-आँखा सुख्खा हुनु

-आँखामा खुजली हुनु, चिलाउनु

-आँखामा केही विझेको महसुस हुनु

-बिना कारण आँखाबाट पानी निस्कनु

-बिना कारण आँखामा थकान वा सूजन महसुस हुनु
आँखा सानो हुनु

किन हुन्छ सुख्खा ?

आयु ५० वर्ष भन्दा माथि हुनु

उमेर बढेसँगै आँखाको समस्या पनि बढ्ने गर्छ । बढ्दो उमेरकै कारण आसुको उत्पादनमा समेत कमी आउने गर्छ । विशेषगरी , ५० वर्ष माथि आयु भएका मानिसहरुको आँखाबाट आशुको उत्पादन कम हुने गर्छ । जसका कारण आँखा सुख्खा हुने गर्छ ।

रजोनिवृतोत्तर

महिलाहरुमा महिनावारी रोकिएसँगै आँखा सम्बन्धि विभिन्न समस्या देखा पर्ने गर्दछ । जसमध्ये आँखा सुख्खा हुने समस्या पनि एक हो । महिनावारी सुकेपश्चात्त महिलाहरुमा आउने हर्मोनल गडबडीका कारण पनि यस्तो समस्या देखिने गर्छ ।

स्वास्थ्य सम्बन्धि समस्या

मधुमेह, उच्च रक्तचाप, थाइराइड ,भिटामिन ‘ए’को कमी लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न समस्याका कारण पनि आँखा सुख्खा हुने गर्छ ।

लेजर विधिका कारण

रिफरेक्टिभ आई सर्जरी लगायतका लेजर प्रविधिद्धारा आँखामा गरिने शल्यकि्रयाका कारण पनि आँखा सुख्खा हुने समस्या उत्पन्न हुने गर्छ । तर यस्ता प्रविधिका कारण आँखा सुख्खा हुने समस्या भने अस्थायी हुने गर्छ ।

आशु ग्रन्थीमा क्षति भएमा

सुजन तथा विकिरणका आसु नलीमा पुगेको क्षतिका कारण पनि आखा सुख्खा हुने गर्छ । जसले गर्दा उक्त नलीबाट आशु स्वत कम बग्ने गर्छ ।

परेला सम्बन्धि समस्या

लगातार आँखा झिम्क्याउने गर्नाले आँखाको सतहमा आसुको पातलो सतह बन्ने गर्दछ । तर यदी आँखा झिम्क्याउँदा वा परेला झिम्क्याउदा कुनै समस्या भएको खण्डमा आसु फैलिएर उक्त सतहमा आसुको पातलो सतह बनाउन सक्दैन ।जसका कारण आँखा सुख्खा हुने गर्दछ ।

तिब्र हावा

सुख्खा हावा

लामो समयसम्म किताब पढेमा

कम्प्यूटरमा लामो समयसम्म बसेमा

आँखा नझिम्काई लामेा समयमा एक नाशले हेरमा

यी औषधीका कारण पनि हुनसक्छ आखा सुख्खा

-उच्च रक्तचापमा प्रयोग हुने औषधी

-एन्टीथिस्टमाइंस तथा डोगेस्टंट्स

-हर्मोन रिप्लेसमेन्ट थेरापी

-पिम्पल्सको लागि प्रयोग गरिने औषधी

बच्ने उपाय

आँखामा कुनै समस्या होस् वा नहोस् चिकित्सकहरु समय समयमा आँखा जाच गर्न सुझाव दिने गर्दछन् । त्यस्तै, टिबी हेर्दा होस् वा कम्प्यूटर चलाउदा केही समय आखाालाई आराम दिने गर्नाले पनि आखा सुख्खा हुन पाउँदैन । यस्तै, कामको बीच बीचमा परेला झिमझिम गरेमा वा आखा झिम्क्याउनाले पनि आँखा सुख्खा हुने समस्याबाट आँखालाई बचाउँन सकिन्छ ।

  • – आँखामा सीधै हावा पर्नबाट जोगिने
  • -कोठा निकै सुक्खा रहेको बेला ह्युमिडिफाअरको प्रयोग गरी ओस्याउनुहोस्
  • -लामो समय आँखालाई एकाग्र बनाएर गर्नुपर्ने काम भए आराम दिनुहोस्
  • -आँसुको वाष्पीकरण घटाउनका लागि सुक्खा वातावरणमा आँखा बन्द गर्ने गर्नुहोस्
  • -आँखाबाट सीधा पर्ने गरी कम्प्युटरको स्क्रीन राख्नुहोस्
  • -धूमपान नगर्नुहोस् र यदि कसैले गरिरहेको छ भने टाढा बस्नुहोस्
  • -आँखाको सुक्खापनको उपचारका लागि कृत्रिम आँसु वा लुब्रिकेटको प्रयोग गर्न सकिने हुसैन बताउँछन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: