काठमाडौँ – नेपाल एअरलाइन्सका वरिष्ठ पाइलट विजय लामाले नेपाल विद्युत प्राधिकरण देशमा बिस्तारै लोडसेडिङ गर्ने दिशातर्फ उन्मुख भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्राधिकरणमाथि आक्रोश पोख्दै लामाले अहिले लोडसेडिङ सुरु नै भइसकेको र यो बिस्तारै बढ्दै जाने आशंका व्यक्त गरेका छन् ।
कारण देखाउँदा सुख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गरको उल्लेख गर्दै प्राधिकरणलाई लामाले प्रश्न गरेका छन्, ‘के कुलमान घिसिङको पालामा चाँही सुख्खा याम लागेन ? अनि पानी टन टना टन हुन्थ्यो हो ? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाई ?’
अबको केही समयमा इन्भर्टर अनि जेनेरेटर माफियाहरु सल्बलाउने उनले अनुमान गरेका छन् । यही अवस्था जारी रहे अब फेरि जनता र देशलाई पुरानै अवस्थामा पुर्याउन सक्ने लामाको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया