भक्तपुरमा कार र बाइक ठोक्किँदा एकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७९ कार्तिक २६

भक्तपुरमा कार र बाइक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

शनिबार बेलुकी सल्लाघारीमा बाइक र कार ठोक्किँदा काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

उनका अनुसार बा ६ च ८१५ नम्बरको कार कोटेश्वरबाट सल्लाघारी जाँदै थियो। त्यस्तै बा २८ प ७३९२ नम्बरको बाइक भक्तपुरबाट फर्किंदै थियो। 

‘बस्नेतको उपचारको क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको हो’, उनले भने। 

चालकलाई कारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *