|
२०७८ आश्विन २२
काठमाडौं । अपराधिक सत्य घटनामा आधारित क्राइम एन्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स आउँदो कार्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ ।
नेपालभित्रै घटेका विभिन्न किसिमका अपराधिक घटनाहरूलाई नाट्य रुपान्तरण क्राइम फाइल्समार्फत प्रस्तुत गरिनेछ ।
नेपाल प्रहरीले सुल्झाएका धेरै अपराधिक घटना मध्ये न्यायको दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथाहरू समेटेर क्राइम फाइल्स निर्माण गरिएको निर्माण टीमले जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्