
काठमाडौँ । हास्य टेलिसिरियल ‘सक्किगोनी’ आफ्नै यूट्यूब च्यानलमार्फत आउने भएको छ । यसअघि यूट्यूब राइटस् ओएसआर डिजिटलले लिएको थियो ।
ओएसआरसँगको सम्झौता अवधि सकिएको र नयाँ सम्झौता नभएकाले आफ्नै यूट्यूब च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट कार्यक्रम सार्वजनिक हुने भएको हो ।
भविष्यमा कुनै यूट्यूब च्यानलसँग डिजिटल राइट्सको सम्झौता नभएको खण्डमा जेपिटी क्रियसनबाटै आउने टिमले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया