×

हनी सिंहपत्नी शालिनीको आरोप-‘ससुराले गलत तरिकाले छुन खोज्थे’

साउन २३, २०७८ | दाक्सु मिडिया

एजेन्सी । चर्चित भारतीय र्‍यापर हनी सिंहमाथि उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी छन् । उनले दिल्लीको तीस हजारी कोर्टमा दायर गरिएको १२० पानाको रिट निवेदनमा अर्को नयाँ कुरा समेत खुलासा गरेकी छन् परिवारका अन्य सदस्यले समेत हिंसा गर्ने गरेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार शालिनीले आफ्नो रिट निवेदनमा हनी सिंह मात्र नभएर सासू भूपिन्दर कौर, ससुरा सबरजीत सिंह र स्नेहा सिंहमाथि पनि आरोप लगाएकी छन् । शालिनीले आफ्ना ससुराले समेत गलत हरकत गने, कुनै काम नहुँदा पनि कोठामा आउने गरेको आरोप लगाएकी छन् । ‘ससुरा बिना कुनै काम मेरो कोठामा आउने गर्थे र एक पटक कपडा फेर्दै गर्दा कोठा आएर गलत तरिकाले छुन खोजेका थिए,’ शालिनीले भनेकी छन् ।

शालिनीले आफ्नो पतिको परिवारले गरेको अत्याचारको विरुद्ध सुरक्षा र अन्य राहतको माग गरेकी छन् । शालिनीका अनुसार ‘ब्राउन रङ्ग दे’ गीतको छायाङ्कनका क्रममा उनले हनीलाई यौन क्रियाकलापमा संलग्न रहेको बेला रङ्गे हात समातेको बताएकी छन् । र, त्यति बेला हनीले उनीमाथि रक्सीको बोतल प्रहार अग्रेको उनको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: