प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगको विवरण अनुसार अब देशभरका कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी छैन ।
प्राप्त विवरण अनुसार काठमाडौँ उपत्यकासहित बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भइसकेको छ । अन्य चारवटा प्रदेशका केही सीमित निर्वाचन क्षेत्रमा मात्र अब गणना जारी रहेको छ ।
देशका बाँकी ४ प्रदेशका केही सीमित निर्वाचन क्षेत्रहरूमा मात्र मतगणना भइरहेको छ । कोशी प्रदेश अन्तर्गत इलाम–१, सुनसरी–२, भोजपुर–१ का साथै ओखलढुङ्गा र संखुवासभामा मतगणना जारी छ । प्रदेशका अन्य सबै जिल्ला र क्षेत्रमा गणना सकिएको छ । मधेश प्रदेशमा धनुषाका क्षेत्र नं १ र २, महोत्तरी–४ र सप्तरी–१ मा मतगणना चलिरहेको छ भने बाँकी सबै जिल्ला र क्षेत्रमा सम्पन्न भइसकेको छ ।
गण्डकी प्रदेशमा गोरखाको क्षेत्र नं १ र २ मा मात्र मतगणना जारी छ। कास्की, तनहुँ, लमजुङ लगायतका अन्य सबै जिल्लामा गणना सकिएको छ । लुम्बिनी प्रदेश यस प्रदेशमा बर्दिया–२ र नवलपरासी पश्चिम–१ मा मतगणना जारी रहेको छ। गुल्मी, दाङ, बाँके, रुपन्देही लगायतका बाँकी स्थानमा मतगणना कार्य समाप्त भइसकेको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्