बिस्के जात्राको लागि घरघरमा स्वास्थ सामग्री वितरण

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २७

भक्तपुर – बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण सुरु गरेको छ।

जात्राबाट कोरोना संक्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण सुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उनको भनाइ छ।

 संघीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ संक्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *