आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १३

काठमाडौँ — नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।

त्यस्तै, युरो, बेलायती पाउण्ड, स्वीस फ्राङ्क, अष्ट्रेलियन डलर लगायत अन्य प्रमुख विदेशी मुद्राको दरमा पनि सामान्य परिवर्तन गरिएको राष्ट्र बैंकले जनाएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन हुन सक्नेछ भने वाणिज्य बैंकहरूको दर केही फरक हुन सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *