|
२०८३ बैशाख २३
काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको एसोसिएट सदस्यमा सचिन ढकाल सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन् । एसोसिएट तर्फको १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा ढकालले सबैभन्दा धेरै १३ सय १८ प्राप्त गरेका छन् ।
उनी पछि हेमन्त गोल्छाले १२ सय २ मत प्राप्त गरेका छन् ।
सचिन ढकाल नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालका छोरा हुन् । उनी आइएमई ग्रुपसँग आवद्ध छन् ।
फुटबल चितवन क्लब (एफसी चितवन) को अध्यक्ष समेत रहेका ढकाल खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय पनि आवद्ध छन्।
ढकालको व्यवस्थापनमा बाग्लुङमा इला कम्फर्ट होटल सन्चालनमा छ।
महासंघको एसोसिटतर्फबाट निर्वाचित सदस्यमा ढकाल सबैभन्दा युवा पनि हुन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्