कुमारी बैंक लिमिटेड द्वारा मास्टरकार्ड सेवा सुरु, डिजिटल बैंकिङमा नयाँ उपलब्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १२

काठमाण्डौँ । कुमारी बैंक लिमिटेड ले आफ्नो डिजिटल सेवामा विस्तार गर्दै “मास्टरकार्ड” डेबिट कार्ड सेवा औपचारिक रूपमा सुरु गरेको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बिहीबारदेखि ग्राहकहरूलाई कार्ड जारी गर्न थालेको जनाएको छ ।

बैंकका सीईओ रामचन्द्र खनालले डिजिटल रूपान्तरणमा बैंकको प्रतिबद्धता दोहोर्‍याउँदै यस सेवाले ग्राहक सुविधा बढाउने बताए। डिजिटल बैंकिङ प्रमुख अनिश ताम्रकारका अनुसार नयाँ डेबिट कार्ड नेपाल, भारत र भुटानका एटीएम तथा पीओएस मेसिनमा प्रयोग गर्न सकिनेछ र अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानी पनि सहज हुनेछ।

बैंकले छिट्टै क्रेडिट कार्ड सेवा पनि सुरु गर्ने जनाएको छ। २४ वर्षदेखि सेवा दिँदै आएको कुमारी बैंकले देशभर आफ्ना शाखा, एटीएम र डिजिटल माध्यमबाट सेवा विस्तार गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *