|
२०८२ फाल्गुन ५
काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनजस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन शुल्क घटाएको छ । बैंकले भुक्तानीको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको हो ।
बैंकले नेपाली विद्यार्थीलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीजस्तै आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, यूएसएमएलई, कलेज फि, भिषा शुल्क, बिमा शुल्कलगायत विभिन्न सेवा बापतको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशतको छुट प्रदान गर्नेछ ।
यो छुट ३१ जुलाई २०२६ सम्म लागु हुनेछ । बैंकले उक्त सेवा आफ्ना ११७ वटा शाखामार्फत विस्तार गरेको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्