|
२०८२ माघ २२
काठमाण्डौँ । आईसीएफसी फाइनान्सले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ ।
फाइनान्सले ५० करोड रुपैयाँबराबरको ‘आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९’ ल्याउन अनुमति पाएको हो ।
यस अनुमतिसँगै फाइनान्सले १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ ।
७ वर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन् ।
फाइनान्सको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्