|
माघ २१, २०८२
काठमाडौं — मंगलबार सेयर बजार समग्र रूपमा घटेको भए पनि होटल तथा पर्यटन समूहका दुई केबलकार कम्पनीका सेयर मूल्य भने बढेका छन्। ती कम्पनी हुन् कालिन्चोक दर्शन लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेड।
कालिन्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेको छ। ८१ रुपैयाँले उकालो लागेर यसको मूल्य ८९१ रुपैयाँ पुगेको हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको नाफा साढे दुई गुणा बढेर १ करोड १९ लाख रुपैयाँ पुगेपछि लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। व्यवसायिक आम्दानी र खर्च व्यवस्थापन सुधारिँदा नाफा उल्लेख्य रूपमा बढेको हो।
यता, चन्द्रागिरि हिल्सको सेयर मूल्य पनि मंगलबार २.६५ प्रतिशतले बढेर ८९१ रुपैयाँमा कारोबार भएको छ। बजार घट्दो अवस्थामा पनि यी दुई कम्पनीको सकारात्मक प्रदर्शनले लगानीकर्ताको ध्यान केबलकार व्यवसायतर्फ तानेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्