काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार आज एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
यसअघि सोमबार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको थियो ।
यस्तै, आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।
यसअघि सोमबार युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९० रुपैयाँ ७४ पैसा कायम गरिएको थियो ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्