मंगलबार सेयर बजार सूचक ४५ अंक घट्दा १४ अर्ब कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १३

काठमाण्डौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रममा मंलबार पनि निरन्तरता पाएको छ । सोमबार ३.०७ अंक घटेको नेप्से परिसूचक मंगलबार ४२.५८ अंक घटेको हो ।

पछिल्ला दिनमा नेप्से सूचक बढ्ने घट्ने जे भए पनि कारोबार रकम भने उच्च हुने गरेको छ । कारोबार रकमले बजार उत्साह अझै कायम रहेको संकेत गर्छ ।

देशभरि चुनावी माहोल बढेसँगै लगानीकर्ता बजार प्रवेश गर्ने क्रममा सुधार आउन कारोबार रकम उच्च पुगेको हो । सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही घटेर १४ अर्बमा सीमित भएको छ ।

मंगलबार नेप्से सूचक घट्ने बढ्ने गरेर बन्द भएको छ । कारोबार सुरु हुँदा २७६९(०९ अंकमा रहेको नेप्से बन्द हुँदा ४२.५८ अंक घटेर २७२६.५१ बिन्दुमा झरेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका २ सय २४ कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक नकारात्मक भएको नेप्सेले जनाएको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २१।०९, विकास बैंक ५९.९८, वित्त ६४।५०, लगानी १।८३, जीवन बीमा २४९.६६, लघुवित्त ७३.१४, निर्जीवन बीमा १९९.४१, अन्य ४८.२२ र व्यापार १९.६० अंक घटेका छन् ।

यो कारोबार रकम सोमबारको तुलनामा करिब २ अर्बले थोरै हो । सोमबार नेप्सेमा १६ अर्ब रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *