|
माघ १३, २०८२
काठमाण्डौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार १ सय ७५ रुपैयाँ रहेको छ । यसैगरी चाँदीको मूल्य तोलामा ६ हजार ८ सय ७० रुपैयाँ र १० ग्राममा ५ हजार ८ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँ र चाँदी तोलामा ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्