उम्मेदवारले एउटै प्रकृतिका दुई खाता खोल्न सक्ने व्यवस्था

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १२

काठमाण्डौँ । निर्वाचन प्रयोजनका लागि एक उम्मेदवारले एकै प्रकृतिका दुई खाता खोल्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि यस्तो सुविधाको व्यवस्था गरेको हो ।

निर्वाचन आयोग नेपालको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले उम्मेदवारको खाता खोल्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । तर, यस्तो खाता आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ ।

प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा आमनिर्वाचन अभियान समूहमा नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) को छुट्टै एउटा बैंक खाता खोली कारोबार सञ्चालन गर्नुपर्छ ।

सोही प्रयोजनका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई एकै प्रकृतिको दुइटा खाता खोल्न सहजीकरण गरिदिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *