सोलुखुम्बुको लिखुपिके-४ काफ्लेचौरमा साप्ताहिक हाट सञ्चालन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–४ काफ्लेचौरमा हप्ताको प्रत्येक शुक्रबार नियमित रूपमा हाट सञ्चालनमा आएको छ । स्थानीय कृषि उत्पादनको बजारीकरण, किसानलाई प्रोत्साहन तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित उक्त हाट सञ्चालनमा ल्याइएको हो ।

कृषि प्रवद्र्धन कार्यक्रमको अवधारणालाई व्यवहारमा उतार्ने लक्ष्यसहित शुक्रबारदेखि साप्ताहिक हाटको औपचारिक सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । हाटको उद्घाटन लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले गरे ।

हाटमा स्थानीय किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल, आलु, मकै, कोदो, फापर, घ्यू, दही, चिज, अचार, घरेलु मदिरा तथा हस्तकलाका सामग्रीहरू बिक्रीका लागि राखिएका थिए । यसले बिचौलियाको भूमिका घटाई किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने विश्वास गरिएको छ ।
स्थानीयवासीहरूले पनि हाट सञ्चालनलाई सकारात्मक रूपमा लिएका छन् । हाट सुरु भएसँगै दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध हुन थालेको र टाढा बजार जानुपर्ने झन्झट कम भएको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *