बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १

काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ५ हजार ४ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *