|
२०८२ पुष ३०
काठमाण्डौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना केही संस्थापक सेयरधनीहरूको नाममा कायम रहेको ५ लाख ३६ हजार २२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले उक्त सेयर नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक सेयर कारोबार निर्देशिका, २०७७ बमोजिम कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित रूपमा जानकारी दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर किन्नका लागि प्रस्ताव नआएमा सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जनाएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्