एशियन लाइफको १ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २९

उदयपुर । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५५ हजार ३७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

हालका लागि एशियन लाइफका विद्यमान संस्थापक सेयरधनीले मात्रै यो सेयर किन्न सक्नेछन् ।

सेयर किन्न इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *