मंगलबार सुनको मूल्य हालसम्मकै उच्च, १ हजार ८ सय रुपैयाँले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २९

काठमाण्डौँ । लगातार उकालो लागेको सुनको मूल्यले मंगलबार अर्को कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस छापावाल सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७०० कारोबार भएको थियो ।

अब उपभोक्ताले एक तोला छापावाल सुन किन्न दुई लाख ७६ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

चाँदीको मूल्यमा पनि अर्को रेकर्ड बनेको छ ।

मंगबार चाँदीको भाउ प्रतितोला पाँच हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।

यो अघिल्लो दिनको तुलनामा १ सय ४५ रुपैयाँ बढी हो । सोमबार चाँदी प्रतितोला पाँच हजार १ सय ९५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *